१ पुस २०८२, मंगलबार | December 16, 2025

मध्यरातमा लुम्बिनी अस्पतालका डाक्टरको चित्कार : टुलुटुलु हेरेर नर्स र डाक्टरले केहि गर्न नसकिने, यो कस्तो बिवशता !



बुटवल । बिहीबार बिहानै एउटा सामाजिक सञ्जालको स्टाटसले बुटवलमा सनसनी मच्चायो । लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन सकिन थाल्यो, केहि घण्टामा अक्सिन उपलब्ध नभए भयावह अवस्था आउन सक्ने खबरले सबैका कान ठाडा भए । सबै सबैले अक्सिजन उपलब्ध गराउनु पर्ने माग सहित सामाजिक सञ्जालमै माग पोष्ट गरे ।

बुटवल उपमहानगरलाई बिभिन्न संघसंस्थाले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको फोटो पनि सामाजिक सञ्जालमा आए, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि फेसबुकमै ‘निरन्तरको प्रयास पछि भारतवाट लिक्विड अक्सिजनको सप्लाई सुचारुहुने भएको छ । अक्सिजन सिलिण्डर थप प्राप्त हुदैछ । उपचार अब थप सहज हुनेछ ।’ भन्दै स्टाटस हाले । साँझ सम्म अब त अस्पतालमा अक्सिजन आयो होला भनेर सबै ढुक्क देखिन्थे । तर शुक्रबारको खबरले सबैको मनलाई चिसो बनाई दिएको छ ।

शुक्रबार मध्यराति लुम्बिनी प्रादेशि अस्पतालका प्रमुख डा. राजेन्द्र खनाल स्वयंमले आफु र अस्पतालका कोरोना फोकलपर्शन डा. नन्दु पाठक रातभरी अक्सिजन खोज्न हिंड्नु परेको र ब्यवस्था हुन नसक्दा डाक्टर र नर्शहरु टुलुटुलु हेरेर बस्न बाध्य बनेको मार्मिक स्टाटस सामाजिक सञ्जालमा पाेष्ट गरेका छन् । बिहान करिव ४ बजे पोष्ट भएको डा. खनालको स्टाटसले अस्पतालमा अक्सिजन नपाएर संक्रमित र अस्पतालका बिरामीहरुले ज्यान गुमाउने अवस्था आईसकेको संकेत गरेको छ । अस्पतालका चिकित्सक सहित अन्य स्वास्थ्कर्मीहरु आत्मसमर्पणको अवस्थामा पुगेको डा. खनालको भनाईले संकेत गरेको छ । अस्पताल प्रमुख डा खनाल लेख्छन् – ‘फेरि उही कुरा ! मध्यरातमा डा. नन्दु र डा. राजेन्द्रको काम अक्सिजन खोज्ने भएपछि हालत के होला ? बिरामीहरुको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केहि गर्न नसकिने यो कस्तो बिवशता ! अब त एकोहोरो टोलाउन मात्र बांकी छ…….’

अस्पतालमा अक्सिजन सकिएको सुचना सार्वजानिक भएको २४ घण्टा सम्मपनि प्रदेशको मुकाम राजधानी भएको बुटवलको अस्पतालमा अक्सिजन आपुर्तिमा चासो नदेखाउने सरकार भएको प्रदेशमा अन्य दुर दराजका अस्पतालहरुका अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

लुम्बिनी प्रदेशका दुई मुख्य अस्पताल मध्य भेरी अस्पताल नेपालगन्जमा लिक्विड अक्सिजनको च्याम्बर ठडिएको छ, ट्याङ्करमा लिक्विड अक्सिजन छैन, अर्को अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन नभएर स्वास्थ्कर्मीहरु मुकदर्शक बन्न बाध्य बनेका छन् । मुख्यमन्त्री पोखरेल फेसबुकमै स्टाटस पोष्ट गरेर बसिरहेका छन् ।

भारतको महाराष्टको एक अस्पतालमा अक्सिजन च्याम्बर लिक भएर अक्सिजन सप्लाई बन्द भएका कारण दर्जनौ अक्सिजनको सहायता लिईरहेका बिरामीहरु एकैपटक मृत्यु भएको खबरले जिउमा काँडा उम्रेका नेपालीले अब नेपालकै अस्पतालमा अक्सिजन सुंघ्न नपाएर ज्यान गएको खबर सुन्न पर्ने अवस्था सिर्जना भएको छ ।

बिहिबार दिनभरीको प्रयासले अस्पतालमा मौज्दात खालि सिलिण्डर तुरुन्त रिफिलिङ गर्ने र १० वटा खालि हुनासाथ आपुर्ति गर्ने ब्यवस्था भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतम बताउँछन् । ‘२ दिन अगाडी आम्दा अस्पतालसंग २५ जति सिलिण्डर माग्ने बाहेक अन्य कतैबाट सिलिण्डर प्राप्त भएको छैन, भर्ना भईसकेका बिरामीलाई जेनटेन चलेपनि थप बिरामीलाई दिन नसकिने अवस्था छ ।’ डा. गौतमले भने ।

प्रदेश स्वास्थ्मन्त्री भोजप्रसाद श्रेष्ठ यस्तो भन्छन् :

अक्सिजन अभावका सम्बन्धमा बिहानै खबरकुरासंग प्रतिक्रिया दिंदै लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अहिले अक्सिजनको नभएर सिलिण्डरको अभाव हो, कस्ले कति सिलिण्डर लुकाएका छन् त्यो पत्ता लगाउने काम सञ्चारकर्मीको भएको बताउँछन् ।

मन्त्री श्रेष्ठले फलाम उद्योग, सिमेण्ट उद्योग, औद्योगिक क्षेत्रका ठूला उद्योगहरु र ब्यक्तिहरुले अक्सिजन सिलिण्डर डम्प गरेको बताउँदै सञ्चरकर्मीले त्यस्ता सुचनाहरु सार्वजानिक गर्नु पर्ने बताए । ‘सीडीओसंग सुचना लिएर कहाँकहाँ सिलिण्डर डम्प छन् त्यो खोज्ने काम तपाईं(सञ्चारजगत)को, बरामद गर्ने काम सीडीओको र आवश्यकता अनुसार वितरण गर्ने काम प्रदेश सरकारको ।’ मन्त्री श्रेष्ठले भने । उनले माहामारी र संकटका बेला सरकार, पत्रकार र प्रशासन एउटै मुटु बनेर हिँड्न आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : ४४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज