१ पुस २०८२, मंगलबार | December 16, 2025

रामबहादुर थापा एमाले उम्मेदवार बन्न तयार भए, उम्मेदवारी दर्ता गर्न हेलिकप्टर चढेर हेटौडा



काठमाडौं‌ । अन्ततः गहमन्त्री रामबहादुर थापा एमालेको तर्फबाट राष्ट्रियसभाको उप निर्वाचनमा उम्मेदवार बन्न तयार भएका छन् । एमाले अध्यक्ष ओलीले आज बिहान बोलाएको शिर्ष नेताहरुको अनौपचारीक बैठक पछि थापाले उम्मेदवार बन्न सहमत भएका हुन् । एमालेको ओलीपक्षमा उम्मेदवारीका बिषयमा सहमती जुटेपछि थापा हेलिकप्टर चढेर उम्मेदवारी दिन बागमती प्रदेश राजधानी हेटौडा पुगेका छन् ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । माओवादी केन्द्रबाट यसअघि राष्ट्रिय सभामा निर्वाचित भएका थापा माओवादी त्यागेर एमाले प्रवेश गरेपछि माओवादीको उजुरीको आधारमा सो स्थान रिक्त भएको थियो ।

प्रदेशको मतभारका आधारमा एमालेको मतभार कम हुने आँकलन गर्दै सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार गरे पनि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि बादल चुनाव लड्न तयार भएका हुन् । उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुगेको स्रोतले बताईएको छ ।

उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । एमालेकै नेपाल पक्ष सहित विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज