१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्वर्गीय अग्नि शिखालाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान



काठमाडौं । सरकारले स्वर्गीय सुकदेव नेपाल (अग्नि शिखा) लाई वरिष्ठ पत्रकार सम्मान २०७६ प्रदान गर्ने भएको छ ।

अग्नि शिखालाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो । छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रम सरकारले स्वर्गीय नेपाललाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गर्न लागेको जानकारी गराएको हो ।

त्यसैगरी सोही सम्मान पत्रकार हर्ष सुब्बालाई पनि प्रदान गरिने भएको छ । पत्रकारहरु रघु मैनाली र शार्दुल भट्टराईलाई वरिष्ठ पत्रकार सम्मान २०७७ लाई प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार सम्मानको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

शुक्रबार नै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ को घोषणा गरिएको छ । राष्ट्रिय पत्रकारीता पुरस्कार २०७६ इन्द्रमान बुढा (उजिर मगर) बाग्लुङ्ग, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडौं, शेषराज दाहाल सिन्धुली, हेमन्तबहादुर बिके बाँके, शिलत साह धनुषालाई प्रदान गरिने भएको छ । त्यसैगरी पत्रकारहरु दिलिप कुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजजंग पाण्डे, नितु पण्डित, पुन पौडेल लाई राष्ट्रिय पत्रकारीता पुरस्कार २०७७ प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी जनही १ लाख रुपैया रहेको छ ।

सम्मानित तथा पुरस्कृतहरु पत्रकारहरुलाई राष्ट्रपतिबाट सम्मान तथा पुरस्कार प्रदान गरिने सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : २७ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा