२३ भदौ २०८३, मंगलबार | September 8, 2026

स्वर्गीय अग्नि शिखालाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान



काठमाडौं । सरकारले स्वर्गीय सुकदेव नेपाल (अग्नि शिखा) लाई वरिष्ठ पत्रकार सम्मान २०७६ प्रदान गर्ने भएको छ ।

अग्नि शिखालाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो । छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रम सरकारले स्वर्गीय नेपाललाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गर्न लागेको जानकारी गराएको हो ।

त्यसैगरी सोही सम्मान पत्रकार हर्ष सुब्बालाई पनि प्रदान गरिने भएको छ । पत्रकारहरु रघु मैनाली र शार्दुल भट्टराईलाई वरिष्ठ पत्रकार सम्मान २०७७ लाई प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार सम्मानको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

शुक्रबार नै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ को घोषणा गरिएको छ । राष्ट्रिय पत्रकारीता पुरस्कार २०७६ इन्द्रमान बुढा (उजिर मगर) बाग्लुङ्ग, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडौं, शेषराज दाहाल सिन्धुली, हेमन्तबहादुर बिके बाँके, शिलत साह धनुषालाई प्रदान गरिने भएको छ । त्यसैगरी पत्रकारहरु दिलिप कुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजजंग पाण्डे, नितु पण्डित, पुन पौडेल लाई राष्ट्रिय पत्रकारीता पुरस्कार २०७७ प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी जनही १ लाख रुपैया रहेको छ ।

सम्मानित तथा पुरस्कृतहरु पत्रकारहरुलाई राष्ट्रपतिबाट सम्मान तथा पुरस्कार प्रदान गरिने सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : २७ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३