१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेता नेपालसँग पौडेल र नेम्वाङको भेट : पार्टी एकता कसरी बचाउने विषयमा भएन सहमति



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुबीचको छलफल सकिएको छ ।

सांसद पदबाट राजीनामा बुझाउने उद्देश्उसहित नेपाल पक्षीय नेताहरु सिंहदबारस्थित संसद सचिवालय परिसरमा भेला हुन थालेपछि ओली पक्षका नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले नेता नेपालसँग भेट गरेका थिए ।

भेटमा आफ्ना कुरा खुलस्तसँग राखेको नेपालले बताएका छन् । नेताद्वय पौडेल र नेम्वाङ पनि अध्यक्ष ओलीको चासोलाई राखेका थिए । दुवै पक्षबीच पार्टी एकता बचाउनुपर्नेमा सहमति रहेपनि पार्टी एकता बचाउने विधिबारे आआफ्ना अडानहरु यथावत रहेको छ ।

नेता नेम्वाङले भने, ‘पार्टी एकताका लागि हामी एकजुट छौं तर एकजुट कसरी राख्ने भन्‍ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं ।’ यस्तै आफुहरुको राजीनामाबारे विचार गर्ने वचन नेता नेपालले दिएको पौडेलले बताएका छन् ।

पौडेल र नेम्वाङसँग छलफल सकिएपछि नेता नेपाल आफु निकट सांसदहरुसँग छलफल सुरु गरेका छन् । सावंजनिक लेखा समितिको बैठक कक्षमा नेपाल समुहका प्रत्यक्ष र समानुपातिक सांसदहरू को छलफल सुरु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ५४ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ