२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

‘विश्वासको मत’मा सांसदहरुलाई जता मनलाग्छ त्यता मतदान गर्न जसपामा छुट, ह्वीप नलाग्ने



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको मतदानमा सांसदहरुलाई ह्वीप नलगाउने भएको छ ।

जसपाको आज बसेको पदाधिकारी बैठकले सरकारको पक्ष या विपक्षमा सांसदहरुलाई मतदानमा भाग लिन, तटस्थ बस्न या पक्ष विपक्षमा मतदान गर्न सांसदहरुकै स्वविवेकमा छोडिदिने निर्णय गरेको हो ।
जसपाभित्र ओलीको विरुद्धमा मतदान गरी नयाँ सरकार बनाउनुपर्ने अध्यक्ष उपेन्द्र यादव एवं संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षधर र सरकारको पक्षमा लाग्नुपर्ने अध्यक्ष महन्थ ठाकुर पक्षधरबीच कुरा मिल्न नसकेपछि बीचको मध्यमार्गी बाटो निकालिएको हो ।

अब जसपाका सांसदहरुमध्ये प्रधानमन्त्री ओलीलाई समर्थन गर्नेहरुले विश्वासको पक्षमा मत दिन सक्नेछन् भने विरोध गर्नेहरुले विपक्षमा । यस्तै, मतदानमा तटस्थ समेत बस्न पाउनेछन् । अध्यक्ष यादव पक्षधरहरुले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

जसपा पदाधिकारी बैठक बस्नुअघि अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेट गरेर विश्वासको मत दिन नसक्ने तटस्थ बस्ने जानकारी दिएका थिए । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई बिहान भेट गरेर आफुहरुले नयाँ सरकार बनाउने खेलमा नलाग्ने जनाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : १६ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।