३ पुस २०८२, बिहिबार | December 18, 2025

सेती प्रादेशिकमा उपचाररत सात जना संक्रमितको मृत्यु



धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका-९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ३५ वर्षीया महिला, धनगढी-१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो ।

यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका-२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ०५ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक