१५ चैत्र २०८२, आइतबार | March 29, 2026

प्रधानमन्त्री केपी ओलीको विश्वासको मत सोमबार नै टुङ्गो लाग्ने, कोरोना संक्रमित सांसदलाई छुट्टै मतदानको ब्यवस्था



काठमाडौं । संघीय संसदको कार्यव्यवस्था परामर्श समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतको छिनोफानो भोलि नै गर्ने गरि निर्णय गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले अहिलेको अवस्थालाई विशिष्ट परिस्थिति भएको विश्लेषण गर्दै संसद अधिवेशन नै भोलि अन्त्य गर्नेगरि निर्णय गरेको छ।

सोही निर्णय अनुसार सोमबार विश्वासको मतको टुंगो लगाइने गरि संसद सचिवालयले कार्यसुची बनाउने भएको छ । कार्यव्यवस्था परामर्श समितिले कोरोना संक्रमित सांसदलाई मतदानका लागि छुट्टै व्यवस्था गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर छुट्टै मतदान गराउने गरि संसद सचिवालयले व्यास्था मिलाउने गरि निर्णय गरिएको बैठकमा सहभागी एक सांसदले बताए ।

विशेष अधिवेशन प्रयोजनका लागि गरिएको कोरोना परीक्षणमा १ जना राष्ट्रियसभाका सांसद सहित १९ संघीय सांसद संक्रमित फेला परेका थिए। प्रतिनिधिसभाका १८ जनाको शनिबार संक्रमित पुष्टि भएको छ भने यस अघि नै प्रतिनिधि सभाका ६ जना सांसद संक्रमित थिए। एमाले बरिष्ठ नेता एवं सांसद झलनाथ खनाल आजै मात्र कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ५९ बजे

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको