३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्री केपी ओलीलाई आजै विदाई गर्नुपर्छ : डा. बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् ।

भट्टराईले हटाउनु पर्ने चारवटा कारणहरू प्रस्तुत गर्दै आजै प्रधानमन्त्रीबाट ओलीलाई हटाउनु पर्ने बताएका हुन् । आज बिहान ट्विट् गर्दै भट्टराईले कोरोना नियन्त्रणमा असफल भएको, संविधानविपरीत संसद विघटन गरी दुईरतिहाईको जनमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरी लोकतन्त्र धरापमा पारेको र खोप तथा औषधि खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

डा. भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले भने आफ्ना सांसदहरुलाई स्वतन्त्र छाड्दै मत दान गर्ने विषयमा स्वविवेक प्रयोग गर्न छुट दिएको छ । सो सम्बन्धमा यस अघि नै डा. भट्टराईले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नभई ततस्थ बस्न छुट दिईएको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ०३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका