१८ चैत्र २०८२, बुधबार | April 1, 2026

राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौं : नेपाल-खनाल पक्ष



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्ष अब सांसद पदबाट सामुहिक राजीनामाको विकल्प नभएको निस्कर्षमा पुगेको छ ।

पार्टी एकता वचाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक समय दिएका नेपाल पक्षले अहिले सिंहदरबारस्थित संसद सचिवालयमा भेला भएर राजीनामाबारे अन्तिम निर्णय गर्न लागेको छ ।

बिहान ९ बसेसम्मको समयमा ओलीबाट कुनै जवाफ नआएका कारण आफुहरुले संसद सचिवालयलाई राजीनामा बुझाउने तयारीमा रहेको सांसद मेटमणि चौधरीले बताएका छन् ।

‘अब हामीले कुर्ने समय सकियो, हामी सामुहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौं’ चौधरीले भने ।

यसअघि आइतबार बसेको नेपाल पक्षीय सांसदहरुको भेलालले पार्टीलाई नवौं महाधिवशेनको विधान, नीति र सिद्धान्तका आधारमा संचालन गर्ने गरी २०७५ जेठ २ को अवस्थामा फर्काउनका लागि अध्यक्ष ओलीसँग अन्तिम पहल गर्ने निर्णय गरेको थियो । तर, ओलीले भने नेपाल पक्षका कुनै पनि मागलाई पुरा नगर्ने संकेत उनले आइतबारै जारी गरेको विज्ञप्तिमार्फत प्रष्ट भैसकेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : १६ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ