१८ चैत्र २०८२, बुधबार | April 1, 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादीको आज बसेको संसदीय दलको बैठकले यसअघि पार्टी स्थायी कमिटी बैठले गरेको निर्णयकै आधारमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकले विश्वासको पक्षमा मत नहाल्न अन्य दलहरुलाई पनिआग्रह गरेको छ ।

बैठकले कोभिड १९ संक्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवन रक्षाका लागि सरकार गंम्भीर नबनेको निष्कर्षका साथ तत्काल आवश्यक स्वास्थ्य सामाग्री खरिद गरि नागरिकको जीवन रक्षाको प्रत्याभुति गर्न सरकारसँग माग गरेको छ ।

बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १२ : ३५ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ