१८ असार २०८३, बिहिबार | July 2, 2026

ओलीले माग सम्बोधन गरिरहेका बेला गठबन्धनको पक्षमा उभिनु गलत : महन्थ ठाकुर



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा विभाजित देखिएको जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा पनि विभाजित देखिएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली सदनमा विश्वासको मत लिन असफल भएसँगै नयाँ सरकार गठनको प्रकिया अघि बढाउन कांग्रेस, माओवादी र जसपाका अध्यक्ष उप्रेन्द्र यादवले गठबन्धन सरकार बनाउन राष्ट्रपतिलाई आह्वान गर्दै सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरे ।

त्यसको केही घण्टा नवित्दै सोमबार मध्यराति जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले यादवलाई चुनौती दिँदै नयाँ सरकार गठनमा सहभागी नहुने विज्ञप्ति जारी गरेका छन ।

अध्यक्ष ठाकुरले ओलीले मधेश आन्दोलनले उठाएका मुद्दा सम्बोधन गरिरहेकाले गठबन्धनको पक्षमा उभिनु गलत भएको बताएका छन् ।

सरकारले मधेशी आदिवासी जनजाती, थारु महिला, दलित, मुस्लिमलगायत सिमान्तकृतहरूको महत्त्वपूर्ण सवालहरू मुद्दा फिर्ता बन्दि रिहाई नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका विषय सम्बोधन गरेकाले गठबन्धन सरकारको वकालत गर्नु त्रुटिपूर्ण हुने ठहर गरेको हो ।

“जनता समाजवादी पाटी नेपाल र केपी शर्मा ओली नेतृत्वको नेपाल सरकार बीचको वार्ता तथा तदनुसारको कार्य प्रगति सकारात्मक रूपले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ ।

वर्तमान राजनीतिक परिस्तिथिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित हो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ५२ बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष