५ पुस २०८२, शनिबार | December 20, 2025

जसपाले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्छ : डा. भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पाटी जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले एकतावद्ध भएर राष्ट्रिय भुमिका निभाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना धारणा राख्दै डा. भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका हुन् । भट्टराईले लोकतन्त्रको रक्षा गर्न र कोरोना लगायतका समस्या समाधान गर्न सबै संकीर्ण दलीय गुटीय सोचभन्दा माथि उठ्नुपर्ने धारणा राखेका छन् ।

जसपाकै एक अध्यक्ष महन्थ ठाकुरले मध्यरातमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै साथ दिने आशयले वक्तव्य जारी गरेपछि संघीय परिषद् अध्यक्ष भट्टराईको प्रतिक्रिया आएको छ । भट्टराईले बल दलहरुको कोर्टमा आएको उल्लेख गरेका छन् ।

भट्टराई र जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई सत्ताबाट विस्थापन गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

भट्टराईले भनेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैनसमुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो। त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ’

ओली सरकार विस्थापनबारे जसपाका पूर्व समुहबीच देखिएको विवाद सोमबार प्रतिनिधिसभामा प्रधानमनत्रीले विश्वासको मत लिने अवस्थामा प्रष्टै देखिएको थियो । डा. भट्टराई एवं अध्यक्ष निकट सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदले तटस्थ बसेर प्रधानमन्त्री ओलीलाई सघाएका थिए ।

ओलीले ठाकुरसँग आफुलाई विश्वासको मत दिन नसक्ने अवस्थामा तटस्थ बसिदिन र नयाँ सरकार गठनमा समेत असहयोगी बन्न आग्रह गर्दैआएका थिए । ओलीकै आग्रह अनुसार ठाकुर तटस्थ मात्रै बसेनन् मध्यरातमा विज्ञप्ति जारी गरेर फेरि पनि ओली सरकार नै निरन्तरता रहोस भन्ने चाहना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको