९ चैत्र २०८२, सोमबार | March 23, 2026

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग



काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको जानकारी दिए ।

उनले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रह समेत गरे । रासस

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १२ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले