१८ असार २०८३, बिहिबार | July 2, 2026

बाबुराम भट्टराईको प्रस्ताव : सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउँ, एक वर्षभित्र चुनाव गरौं



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

बुधबार बिहान ट्वीट गर्दै भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन दलहरुलाई बिहीबारसम्म दिएको समयकै बीचमा जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले नयाँ प्रस्ताव अघि सारेका हुन् ।

भट्टराईले देशको संकट हल गर्न ४ वटा सुझाव प्रस्तुत गरेका छन् । पहिलो सुझावमा धारा ७६ २ बमोजिम सबै दलको सहभागितामा पूर्व प्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका छन् ।

जसपाभित्रै उपेन्द्र यादव र भट्टराई स्वयंको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ सरकारमा समर्थन रहेको छ । देउवाले नयाँ सरकार गठनका लागि पहल गरिरहेका छन् । तर, जसपाकै महन्थ ठाकुर पक्षले समर्थन नगरेसम्म नयाँ सरकार बन्ने सम्भावना देखिँदैन ।

भट्टराईले भने यसअघि प्रधानमन्त्री भैसकेका व्यक्तिहरुबाहेक नयाँ व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले त्यो सरकारलाई सहयोग गर्न दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरु रहेको निर्देशक समिति बनाउन प्रस्ताव गरेका छन् ।

यसैगरी भट्टराईले सो सरकारले एक वर्ष भित्र चुनाव गराउने, सरकार संचालन गर्न न्यूनमत कार्यक्रम (कोभिड नियन्त्रण), टीआरसी मुद्दा, संविधान संशोधन, आर्थिक राहत इत्यादी लागु गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ३९ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित