६ बैशाख २०८३, आइतबार | April 19, 2026

आरोपप्रत्यारोपका बीच जसपा शीर्ष नेताहरु बसे छलफलमा



काठमाडौं । नयाँ सरकार गठनबारे गम्भीर विवादमा रहेको जनता समाजवादी पार्टी जसपा आन्तरिक छलफलमा जुटेको छ ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विस्थापित गर्ने या उनैलाई टिकाइराख्ने भन्ने विषयमा जसपाका दुई समुहबीच गम्भीर मतभेदकै बीच छलफल बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा जसपा सरकार गठनका लागि निर्णायक शक्ति हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि राति ९ बजेसम्मको समय दिएकी छिन् । जसपाभित्र अध्यक्ष उपेन्द्र यादवसहितको बहुमत पक्षले ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गरी कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने अडान राख्दै आएको छ । तर अर्का अध्यक्ष ठाकुर पक्षले भने ओलीलाई नै फेरि प्रधानमन्त्री बन्न सहज हुनेगरी तटस्थ बस्ने जनाएको छ ।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिँदा पनि जसपाका दुई समुहबीच प्रत्यक्ष विभाजन देखिएको थियो । यादव पक्षले विपक्षमा मतदान गरेको थियो भने ठाकुर पक्ष तटस्थ बसेको थियो ।

दुई दिनको बीचमा जसपाका दुई समुहका नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ ।

छलफलबाट नयाँ सरकार गठनमा सहयोगी बन्ने गरी ठाकुर पक्ष सहमत नभए केन्द्रीय कार्यकारिणीको बहुमतको निर्णयका आधारमा अघि बढ्ने यादव पक्षले तयारी गरिरहेको छ । ठाकुर पक्षले भने कार्यकारिणी समितको बैठक बस्नै आनाकानी गर्दै आएको छ ।

यसैबीच ठाकुर र अर्का नेता राजेन्द्र महतोले आजै शितलनिवास पुगेर राष्ट्रपतिलाई भेट गरी पार्टीमा अध्यक्ष महन्थ ठाकुरको निर्णय मात्र मान्य हुने भन्दै नयाँ सरकारका लागि यादव पक्षको मागलाई स्वीकार नगर्न आग्रह गरेको छ । उनीहरु शितल निवास पुग्नुअघि प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए ।

 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ३८ बजे

कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके । बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलोदिन नौजनाद्वारा आरोहण

म्याग्दी । धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ

रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांगठनिक तथा संरचनागत सुधारका