४ पुस २०८२, शुक्रबार | December 19, 2025

जसपाको पदाधिकारी बैठक निष्कर्षविहीन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार बसेको जसपाको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको, तर फरकफरक धारणा आएकाले निष्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपचारा २ बमोजिम नयाँ सरकार गठनका लागि दिएको समयसीमा भोली बेलुका ९ बजे सकिदैछ ।

दलहरुले राष्ट्रपति भण्डारीले दिएको समय सीमामा आफ्नो नयाँ सरकार गठनको दाबी पेश गर्न नसके सरकार गठनको अर्को विकल्प शुरु हुने संवैधानिक प्रावधान रहेको छ । ज

सपा र नेकपा एमालेको माधव नेपाल पक्ष नयाँ सरकार गठनका लागि निर्णयक शक्ति भएकाले उनीहरुलाई मनाउन नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरु लागिपरेका छन् ।

जसपाले आफू तटस्थ बस्ने भने पनि नयाँ सरकार गठनमा नलाग्ने बताइसकेको छ । एमालेको माधव नेपाल पक्षले राजीनामा गरेर संसदमा बहुमत सदस्य संख्या घटाउन भूमिका खेल्ने भने पनि उनीहरुबीचमै विवाद भएको देखिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : २४ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी