५ पुस २०८२, शनिबार | December 20, 2025

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक  जारी छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु बसिरहेको बैठकमा नयाँ सरकार गठनबारे भैरहेको प्रयासबारे छलफल हुने बताइएको छ ।

बहुमतीय सरकार गठनको समयसीमा सकिन अब केही घण्टामात्र बाँकी रहेको छ । तर अझै पनि कसरी सरकार गठन हुनसक्छ भनेर प्रष्ट भैसकेको छैन ।

पदाधिकारी बैठकअघि सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछ्ट्टै छलफल गरेका थिए ।

जसपाको ठाकुर पक्ष सरकार गठनमा असहयोगी बन्ने भएपछि प्रधानमन्त्रीको नेतृत्वका लागि प्रयास गरेका देउवासामु अब एमालेको माधव नेपाल पक्षको मात्रै भर बाँकी छ । नेपाल पक्षेले पनि सांसदपदबाट सामुहिक राजीनामा दिने सम्भावना टर्दै गएको छ ।

नेपाल पक्षले राजीनामा नदिए बहुमतको दाबी गर्न अघि नसर्ने कि भन्ने विषयमा समेत कांग्रेस पदाधिकारी बैठकमा छलफल हुनेछ ।

 

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : ४६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र