५ पुस २०८२, शनिबार | December 20, 2025

बहुमतीय सरकार गठनको सम्भावना सकियो, केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदै



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले दिने भनेको सामुहिक राजीनामा रोकिएपछि बुहमतको सरकार बन्ने सम्भावना सकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएपछि आज राति ९ बजेसम्म बहुमतको सरकार गठनको समय दिएकी थिइन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वा नयाँ सरकार गठनको प्रयास भएपनि एमाले सांसदहरुको राजीनामा रोकिएपछि त्यो प्रयास असफल भएको हो ।

जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले नयाँ सरकार बनाउन असहयोग गर्ने घोषणा गरेपछि विपक्षी कांग्रेस र माओवादी केन्द्रलाई एमालेका सांसदहरुको थोरै आश बाँकी थियो ।

आजै दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलमा पनि अब बहुमतको सरकार बनाउन नसकिने निस्कर्ष निस्किएको थियो ।

यसैबीच नेपाली कांग्रेसको आजै बसेको पदाधिकारी बैठकले पनि एमाले सांसदहरु विना नयाँ सरकार गठनको सम्भावना लगभग सकिएको निस्कर्ष निकालेको थियो ।

अब बहुमतको सरकार बन्न नसक्ने भएपछि आजै राति ९ बजेपछि राष्ट्रपति भण्डारीले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै संसदमा ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने पक्का भएको छ । ओली संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री हुनेछन् । ओलीले आजै राति सपथ ग्रहण गर्नेछन् ।

यसरी प्रधानमन्त्रीमा पुनः नियुक्ति पाएपछि ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत हासिल गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : ३४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र