१७ श्रावण २०८३, आइतबार | August 2, 2026

आज इस्लाम धर्मावलम्बीले ईद मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना



काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूले आफ्नो मुख्य पर्व ईद शुक्रबार मनाउँदै छन । यो पर्वलाई ‘ईद उल फित्तर’ पनि भनिन्छ । रमजानको एक महिनाभर रोजा (उपवास) बसेका मुसलमानले त्यसको भोलिपल्ट ईद मनाउँछन् । नयाँ वर्षसँगै सुरु भएको रोजा व्रतको बिहीबार अन्तिम अन्तिम दिन थियो ।

रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास धार्मिक विश्वास छ । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रतको अन्तिम साँझ मुसलमानले चन्द्रमाको दृश्यावलोकन गर्ने र रमाउने प्रचलन छ । नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी बिहीबार नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ईद शुक्रबार मनाउन सूचना जारी गरेको थियो ।

खाडी मुलुकमा बिहीबारै ईद धुमधामसँग मनाइएको छ । ती मुलुकवासीले नेपालको भन्दा एक दिन अगाडि नै चन्द्रमा हेर्न पाउँछन् । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबई, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने ईद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

इस्लाम धर्मावलम्बीको महान् चाड ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना सन्देश दिँदै उनले विशेषगरी नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौँ, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लामा यो चाड मनाइने र यो पर्व सांस्कृतिक एवं सामाजिक विविधताको मौलिक पहिचान भएको जनाएकी छन् ।

‘यही विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लागेको छ,’ सन्देशमा भनिएको छ, ‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो नयाँ स्वरुप नेपालमा पनि देखा परेकोले यसबाट बच्नका लागि भीडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी ईद मनाउनका लागि विशेष आग्रह गर्न चाहन्छु ।’

यसैगरी उक्त पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिड-१९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गरेका छन् ।

मुस्लिम आयोगले पनि बिहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर ईदको नमाज पढ्न आग्रह गरेको थियो । कोरोना भाइरसको डबल म्युटेन्टको संक्रमण बढ्दै गएकोले यसबाट बच्न आ-आफ्ना मस्जिद कमिटीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड बमोजिम नमाज पढ्न आयोगले आग्रह गरेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५० बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो