१२ मंसिर २०८३, शनिबार | November 28, 2026

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड



पोखरा । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाहरूले धेरै कानुन बनाए पनि कार्यान्वयन र संशोधन गर्नुपर्ने कानुनबारे समीक्षा गर्नुपर्ने बताए । व्यवस्थापिकाको भूमिकालाई कमजोर बनाउने र खुम्चाउने प्रयास हुनसक्ने भन्दै सङ्घीय संसद् र प्रदेससभाहरूले आफ्नो भूमिका बढाउनुपर्ने उनको भनाइ छ ।

कानुनलाई आफू अनुकूल ढङ्गले व्याख्या गर्न खोज्ने प्रवृत्ति देखिएकाले कानुन र संविधानको पूर्ण पालना गराउन व्यवस्थापिकाको भूमिका महत्वपूर्ण हुने सभामुख धितालले बताए। संविधानको मुख्य आधारस्तम्भ सङ्घीयता भएकाले यसको संरक्षण र संवद्र्धनमा सङ्घीय संसद् र प्रदेशसभाहरू सँगसँगै अगाडि बढ्नुपर्ने सङ्घीयताका विज्ञ खिमलाल देवकोटाले बताए ।

कार्यक्रमले प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउन र असल अभ्यास आदानप्रदान गर्न सघाउने उनले बताए । गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेलले विधायिकी प्रक्रिया र कानुन निर्माणमा एकरूपता ल्याउँदै तिनको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए । संसदीय कार्यकुशलता अभिवृद्धिका लागि अनुभव आदान–प्रदान कार्यक्रम उपयोगी हुने उनको भनाइ छ ।

कार्यक्रममा वित्तीय सङ्घीयता र स्वायत्तताको अभ्यासबारे छलफल हुने उनले बताए। सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको नियमित संवादले आपसी समन्वय बलियो बनाउँदै विगतका घोषणापत्र कार्यान्वयनमा सघाउने सचिव पौडेलले उल्लेख गरे। गण्डकी प्रदेशसभा सचिवालयद्वारा आयोजित उक्त कार्यक्रममा सङ्घीय संसद् र सातवटै प्रदेशसभाका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १० : ५३ बजे

Your email address will not be published.

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

पोखरा । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु

प्रधानमन्त्री लक्षित विश्वप्रकाशको टिप्पणी – ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

लिमा । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको

अध्यागमन विभागको महानिर्देशक फेरिए, सात जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै

वासिङ्टनको रीगन विमानस्थलमा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए

वासिङ्टन । वासिङ्टन डीसीस्थित रीगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन