५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रादेशिक अस्पतालले घटायो पीसीआर परीक्षण शुल्क



बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुको प्रयोगशालाहरुको शुल्क निर्धारण गरेपनि बिभिन्न कारणहरु देखाउँदै सरकारी निर्णयको बेवास्ता गर्दै आएको लुम्बिनी प्रादेशिक अस्पतालले आजबाट पीसीआर शुल्क घटाएको छ । लामो समयदेखि सरकारको निर्णय बिपरित २ हजार रुपैयाँ लिँदै आएको अस्पतालले आजबाट शुल्क घटाएर १ हजार बनाएको छ ।

अस्पतालको आन्तरिक स्रोत लगायतको कारण देखाउँदै मन्त्रालयको निर्णय अवज्ञा गर्दै आएको अस्पताल विकास समितिले प्रदेश सरकारको समेत दवाव आएपछि आजबाट लागु हुने गरि घटाएको हो । मन्त्रालयले सरकारी अस्पतालहरुमा लक्षण सहितको संक्रमितलाई निशुल्क र उनीहरुको सम्पर्कमा आएकाहरुको निशुल्क पीसीआर परीक्षण गर्न निर्देशन गरेको थियो । नेपालका अधिकांस सरकारी अस्पतालहरुले लक्षण सहितका संक्रमितको निशुल्क परीक्षण गरेपनि सम्पर्कमा आएकाको तथ्यांक लिने र निशुल्क ब्यवस्थापन भने गरेका थिएनन् ।

सरकारी अस्पतालमा एकैपटक स्वचालित एक्सट्राक्सन किट सकिएका कारण पछल्लो समय पीसीआर परीक्षण समेत निकै कम परिमाणमा हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ०६ बजे

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र