१७ श्रावण २०८३, आइतबार | August 2, 2026

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री अक्सिजन सिलिण्डर खोज्दै ‘कवाडी’ गोदाममा



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अक्सिजन सिलिन्डर खोज्दै कवाडी गोदाम पुगेका छन् ।

कोभिड-१९ को महामारी चलेको बेला लुम्बिनी प्रदेशमा अक्सिजनक‍ो चरम अभाव भई विरामीहरू मृत्यु हुन थालेपछि मन्त्री श्रेष्ठ आफै सिलिण्डर खोज्न निस्केका हुन् । मन्त्रालयले यस अघि घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । अक्सिजन अभाव भएको बेला मन्त्री श्रेष्ठले शुक्रबार बुटवल ८ सुख्खानगरमा रहेको एक कवाडी संकलन केन्द्रमा ६ थान अक्सिजन सिलिण्डर भेटेका छन् ।

सिलिण्डर भेटिने सम्भाब्य स्थान खोज्दै निस्केका मन्त्री श्रेष्ठ सहितको टोलिले सो कवाडी पसलमा ठूलो साईजको अक्सिजन सिलिण्डर फेला पारेको थियो । कवाडी संकलन केन्द्रका सञ्चालकसंग भर्पाइ गरेर अक्सिजन सिलिन्डर उठाईएको छ ।

मन्त्रालयका अधिकारी तथा प्रहरी सहित शुक्रबार दिउँसो कवाडी संकलन केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै भने- ‘हिजो अपिल गरिए बमोजिम अक्सिजन सिलिन्डरको खोजिमा लागेको छु, प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय निकायहरु जनताको स्वास्थ्य उपचार विशेषगरी अक्सिजन जुटाउन लाग्नु भएको छ ।’ उनले थपे- ‘कृपया तपाईंसंग रहेका अक्सिजन सिलिन्डर अस्पतालमा बुझाउनु होस् तपाईंले बुझाएमा कसैको ज्यान बाँच्छ ।’

मन्त्री श्रेष्ठले पछिल्लो समय अक्सिजनको अभाव भएको बेला अस्पताल, अक्सिजन उत्पादन केन्द्र, सप्लायर्सहरू देखि लिएर कवाडी संकलन केन्द्रमा समेत अनुगमनमा सक्रियता देखाएका छन् ।

कोरोना महामारी बढिरहेको बेला लुम्बिनी प्रदेशमा अक्सिजनको चरम अभाव भएको छ । निरोगी मानिसहरूले पनि बिरामी भएमा चाहिन्छ भनेर अक्सिजन सिलिन्डर किनेर भण्डारण गरेका कारण बजारमा अक्सिजन सिलिन्डरको अभाव भएको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : १३ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको