७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जापानद्वारा थप तीन राज्यलाई स्वास्थ्य सङ्कट घोषणा



टोकियो । जापानले कोभिड-१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् ।

सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध-सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए ।

स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, “होक्काइडो, ओकायामा र हिरोशिमामा सङ्क्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ । यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ६ : ४५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर