३१ भदौ २०८३, बुधबार | September 16, 2026

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा



सुर्खेत । कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन ।

सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । संक्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा खुकुलो हुँदा संक्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ ।

आजदेखि खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ । कर्णालीमा हालसम्म कोरोनाबाट १३४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : २२ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।