५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना महामारीकैबीच पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं । कोरोना महामारीकैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतवार राति १२ बजेबाट लागू हुनेगरी विभिन्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढाएको हो ।

निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्यमा लिटर २ रुपैयाँका दरले बढाएको छ ।

लिटरमा २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ ।

यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

निगमले भने मूल्य बढाएपछि पनि आफूलाई घाटा रहेको जिकिर गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : २१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता