२ चैत्र २०८२, सोमबार | March 17, 2026

झापाका पत्रकार तिवारीको ‘अटो रिक्सा’ सार्बजनिक (भिडियो सहित)



भोजपुर । पुर्वी नेपालको झापाबाट सञ्चालीत मोफसलकै चर्चित सूर्योदय टेलिभिजनका समाचार प्रमुख रमेश तिवारी पत्रकारिता सँगै मोडलिङ क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका छन् ।

मोफसलमा रहेर पत्रकारिता गरिरहेका तिवारी पछिल्लो समय  अटो रिक्सामा म्यूजिक भिडियोमा मोडलिङ गरेसगै उनी सञ्चारमाध्यमको हेड लाईन बनेका छन् । भिडियो सार्वजनीक भएको १ दिनमै ४५ भन्दा बढि सञ्चार माध्यमले उनि अभिनित म्युजिक भिडियो आफनो सञ्चारमाध्यमबाट सियर गरेका छन् ।  उक्त भिडियो मन पराएर सञ्चारमाध्यमबाट सियर गर्ने सबैलाई उनले फेसबुक मार्फत बधाई समेत दिएका छन् ।

विदेशमा गएर केही वर्षको अल्पकालीन रोजगार होइन परिश्रम गरे स्वदेशमै दीर्घकालीन रुपमा स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने भिडियोमा मोडल बन्दना आचार्य (बेबो)ले तिवारीलाई साथ दिएकी छन भने मोडल तिवारीलाई अटो ड्राइभरको रुपमा देख्न सकिन्छ ।

हलेसी टेड्र लिंकका प्रबन्धक चुडामणि पौडेलले रचना गरेको ‘अटो रिक्सामा’ नामक गितमा गायक सन्तोष शिवाको स्वर रहेको छ भने म्युजिक भिडियोमा टिका भण्डारीको संगित रहेको छ । बिर्तामोडका युवा ब्यवसायी पौडेलले दर्जनबढी गितको रचना गरिसकेका छन् । निर्माता पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशन शंकर कोइरालाले गरेका छन् । भिडियोलाई झापा, काठमाडौँ र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको थियो ।

 

तेह्रथुमको छातेढुङ्गामा जन्मिएका तिवारीले दुई दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । हाल तिवारी झापाको  बिर्तामोडमा रहेको सूर्याेदय टेलिभिजनको समाचार प्रमुखको भुमीका निर्वाह गर्दै पत्रकारिता र कलाकारितालाई संगसंगै अगाडि बढाई रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ०५ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित