६ पुस २०८२, आइतबार | December 21, 2025

गाउँपालिकामा ८ कक्षाको नतिजा अनलाइनबाटै प्रकाशन



स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ । गाउँपालिकाले मंगलवार ८ कक्षाको नतिजा प्रकाशन गरेको हो ।

नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षालाई प्रविधीमैत्री बनाउँदै लगिएको र मार्कसिटसहित विद्यार्थीको नतिजालाई पालिकाको वेबसाइटमा हेर्न सकिने बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षामा २३० जना विद्यार्थी सहभागी भएका र सबै विद्यार्थी उत्तीर्ण भएका जानकारी दिए । गाउँपालिकाले गत वैशाख १६ गते देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

१ देखि ९ कक्षासम्मको नतिजा भने विद्यालयले नै प्रकाशित गरेका छन् । कोरोना महामारीका कारण धेरै पालिका र विद्यालयहरू अन्योलमा रहेकै अवस्थामा फेदीखोला गाउँपालिकाले विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : १३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा