६ आश्विन २०८३, मंगलबार | September 22, 2026

गाउँपालिकामा ८ कक्षाको नतिजा अनलाइनबाटै प्रकाशन



स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ । गाउँपालिकाले मंगलवार ८ कक्षाको नतिजा प्रकाशन गरेको हो ।

नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षालाई प्रविधीमैत्री बनाउँदै लगिएको र मार्कसिटसहित विद्यार्थीको नतिजालाई पालिकाको वेबसाइटमा हेर्न सकिने बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षामा २३० जना विद्यार्थी सहभागी भएका र सबै विद्यार्थी उत्तीर्ण भएका जानकारी दिए । गाउँपालिकाले गत वैशाख १६ गते देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

१ देखि ९ कक्षासम्मको नतिजा भने विद्यालयले नै प्रकाशित गरेका छन् । कोरोना महामारीका कारण धेरै पालिका र विद्यालयहरू अन्योलमा रहेकै अवस्थामा फेदीखोला गाउँपालिकाले विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : १३ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत