१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

मौन अवधीमा थापालाई मत मागेकोमा निर्वाचन आयोगद्वारा प्रधानमन्त्री ओलीलाई कारवाहीको चेतावनी



काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा रामबहादुर थापालाई भोट मागेको भन्दै निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

भोलि ६ गते हुन लागेको राष्ट्रियसभाको बागमती प्रदेशअन्तर्गतको उपनिर्वाचनका लागि जेठ ३ गते गते राति १२ बजेदेखि मौन अवधि सुरु भैसकेको छ ।

तर, ओलीले आयोगको आचारसंहिता विपरित थापाको पक्षमा मत मागेका छन् भने नदिनेलाई कारवाहीसम्मको धम्की दिएका छन् । मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न, मत माग्न र सामाजिक सञ्जाल एवं विद्युतीय माध्यमबाट पनि मत माग्न पाईंदैन ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्, ​‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’,

‘निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट रहेको आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोग प्रतिवद्ध र क्रियाशील रहेको विज्ञप्तिमार्फत आयोगले जनाएको छ।

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  २ : ५९ बजे

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३