१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पशुपति गौशालामा ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द सञ्चालन



काठमाडौं । काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ ।

मारवाडी सेवा समितिले सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार उद्घाटन गरेका छन् ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको छ ।

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र संचालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे ।

‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा डहामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ ।’ उपप्रधानमन्त्री पोखरेलले भने । ३ सय शैयासम्म संचालन गर्न सकिने यस आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

त्यसक्रममा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिए । सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने पनि उनले बताए ।

आइसोलेसनमा बिरामीहरुको ल्याब परीक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरुको सेवा निःशुल्क उपलब्ध गराईने जनाइएको छ । कोभिड संक्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, पु-याउने सुविधा रहेको पनि मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले जानकारी गराए । आवश्यक परे आइसोलेसन सेवालाई ३०० बेड सम्मको बनाउन सकिने पनि गोयलले बताए ।

आइसोलेसनको सेवा लिनका लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । मारवाडी सेवा समितिले यस अघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ३ : १३ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई