११ कार्तिक २०८३, बुधबार | October 28, 2026

घर दैलोमै नमुना सङ्कलन, चौबीसै घण्टा पीसीआर परीक्षण



काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।

निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो ।

राष्ट्रिय प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले अब निजी क्षेत्रका प्रयोगशालाले व्यक्तिको घरमा गई स्वाब सङ्कलन गर्दा लाग्ने दुई हजार रुपियाँमा थप पाँच सय रुपियाँ मात्र लिन पाउने निर्णय गरेको जानकारी दिए। त्यसबाहेक अन्य शुल्क लिएको अवस्थामा त्यस्ता प्रयोगशालालाई कारबाही हुने उनले जानकारी दिए ।

चौबीसै घण्टा पीसीआर परीक्षण

अब टेकुस्थित राष्ट्रिय प्रयोगशालाले चौबीसै घण्टा पीसीआर परीक्षण गर्ने भएको छ । स्थानीय तहले स्वाबको नमुना सङ्कलन गरेर पठाएपछि प्रयोगशाला चौबीसै घण्टा सञ्चालन हुने भएको हो ।

प्रयोगशालाका प्रवक्ता गुप्ताले दैनिक चारदेखि पाँच हजारसम्म नमुना स्थानीय तहबाट आउने गरेको जानकारी दिए । यसअघि बिहान, दिउँसो र बेलुकी तीन चरणमा मात्र पीसीआर परीक्षण हुने गर्दथ्यो । प्रयोगशालामा आउने व्यक्ति दैनिक दुईदेखि तीन सय हुने गरेको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ६ : ५६ बजे

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते