१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपाको ठाकुर-महतो पक्षले बोलायो आफु निकट सांसदहरुको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को ठाकुर-महतो पक्षले आफु निकट सांसदहरुको बैठक बोलाएको छ ।

अध्यक्ष महन्थ ठाकुर र आफुलाई संसदीय दलको नेता घोषणा गरेका राजेन्द्र महतो पक्षका सांसदहरुको बैठक बोलाइएको हो ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेर विश्वासको मत नलिइ/राजीनामा नगरी अर्थात धारा ७६(४) लाई वाइपास गर्दै धारा ७६(५) अनुसार आफै नयाँ सरकारको लागि राष्ट्रपतिलाई सिफारिस गरेका केपी शर्मा ओलीबीच बिहीबार राति छलफल भएपछि ठाकुर समुहले बैठक बोलाएको हो ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टा भन्दा कम समय दिँदै नयाँ सरकार गठन गर्न आह्वान गरेपछि ठाकुर समहुले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न बैठक बोलाएको हो । बिहान ११ बजेबस्ने बैठकले सरकार गठनबारे निर्णय गर्ने एक सांसदले बताए ।

ठाकुर पक्षले जसपाकै उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई भने जानकारी गराएको छैन । ठाकुर पक्षले प्रधानमन्त्री ओलीको सहयोगमा भक्तपुरको डोलेश्वरस्थित एक रिसोर्टमा एमाले सांसद महेश बस्नेतको उपस्थितिमा आफु निकट सांसदहरु भेला पारेर संसदीय दलको नेता समेत चयन गरेको छ । ठाकुर महतो पक्षले आफुहरुसँग १८ जनाभन्दा बढी सांसद रहेको दाबी गरेको छ ।

पार्टी विवाद उत्कर्षमा पुगेको बेला जेठ ४ गते अध्यक्षद्वय यादव र ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकताको पक्षमा उभिएको बताएका थिए । उनीहरुले थप छलफल गर्नका लागि जेठ ८ र ९ गते कार्यकारिणी बैठक समेत बोलाएका छन् ।

कुनै समय मधेश र मधेशी नेताहरुलाई निकै गाली गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यतिबेला आफु सत्तामा टिक्नका लागि मधेशी नेताहरुका जस्तोसुकै शर्तलाई पनि मान्न थालेका छन् । ओलीले ठाकुर र महतोलाई फकाउनैका लागि बिहीबार मात्रै नागरिकता जस्तो संवेदनशील विषयमा अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्बाट पारित अध्यादेश राष्ट्रपतिले जारी गर्न बाँकी छ । ठाकुर महतोले ओलीलाई समर्थन गर्ने हरियो बत्ती बालेमा राष्ट्रपति भण्डारीले तत्कालै त्यो अध्यादेश पारित गर्ने गरेकी छिन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ३२ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता