२२ बैशाख २०८१, शनिबार | May 4, 2024

महन्त ठाकुर नेतृत्वमा नयाँ सरकार गठन गर्ने नै जसपाको आधिकारीक धारणा हो : जसपा नेता इश्तियाक राई



बुटवल । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मोहम्मद इश्तियाक राईले आफुहरु अहिले पनि अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा दृढ रहेको बताएका छन् । खबरकुरासँग कुरा गर्दै जसपा नेता राईले दुई अध्यक्षको विज्ञप्ति प्रति आफुहरु प्रतिबद्ध रहेको बताए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता राईले पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अवसरलाई गुमाउन नहुने भन्दै सरकार गठन गर्न पहल सुरु गर्नु पर्ने बताए । ठाकुर र राजेन्द्र महतोले सितल निवास गएको र प्रधानमन्त्रीसँगको सम्बन्धलाई प्रगाढ बनाएको बिषयमा खबरकुराको प्रश्नमा उनले ठाकुर र महन्तले के गरिरहेका छन् भन्ने आफुलाई थाहा नभएको बताए । ‘पार्टीको आधिकारीक धारणा पार्टीकै नेतृत्वमा सरकार बन्ने अवस्था आए सरकारको नेतृत्व गर्ने, अन्यथा अन्यदलको नेतृत्वमा सरकारमा नजाने भन्ने नै हो ।’ उनले भने, ‘कोही गए भने त्यो पार्टी लाईनको बिरोधी हुन्छ ।’

उनले केन्द्रीय कार्यकारिणी समिति र संसदमा पनि आफुहरु बहुमतमा रहेको दावी गर्दै पार्टीमा कुनै विषयमा निर्णय गर्नु परे बैठक बोलाउन नेतृत्वलाई चुनौती दिए । बहुमतमा रहेका सानोसंख्याको सांसदहरु प्रलोभनमा पर्न सक्ने कुरालाई भने राईले अस्विकार गर्न सकेनन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ४३ बजे

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।