१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कपिलवस्तु गोली काण्ड : गोली प्रहार गर्ने २ जना पक्राउ



कपिलवस्तु । जेष्ठ ५ गते राती कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डे र भारतीय नागरिक इयाज अख्तर मुसलमान माथि गोली प्रहार गर्ने २ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं १ तौलिहवाका ३९ बर्षिय ओम प्रकाश यादव र वडा नं २ सागरटोल बस्ने बर्ष ३३ का साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

पक्राउपरेकाहरुले नेता पाण्डेसँगको ब्यक्तिगत रिसिवीका कारण गोली प्रहार गरेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले ५ गते राति लु १६ प ३४९७ को मोटर साइकल आफै चलाई घटना स्थलमा पुगी ३ राउन्ड गोली हानेको प्रहरी समक्ष स्विकार गरेका छन् ।

हाल घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नयाव उपरिक्षक धर्मराज भण्डारीले बताएका छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : २८ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि