१६ श्रावण २०८३, शनिबार | August 2, 2026

आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै



ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलनअनुसार आज हुने भएको हो ।

मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको छ भन्ने बुझ्न काठमाडौं उपत्यका तीनै शहरका भक्तजन बुङ्मती आउने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “करुणामय राखिएको अस्थायी मन्दिरमा बिहानैदेखि स्थानीयवासीले पूजाका साथै दर्शन गर्न शुरु गरिसकेका छन् ।” मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरियन्टका कारण यसपटक भने कहाँ-कहाँबाट भक्तजन पूजाका लागि आउँछन् वा आउँदैनन् भन्न टुङ्गो भइनसकेको शाक्यको भनाइ छ ।

आर्यावलोकितेश्वरलाई बुङ्मती लाँदा कुनै बिघ्नबाधा प-र्यो वा घटना भयो कि भन्ने बुझ्न ठाउँठाउँका मानिस बुङ्मती आउने परम्परा रहेको मूल पुजारी कमलराज बज्राचार्यले बताए । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन त दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनअनुसार गत बुधबार लोकेश्वरलाई ३ बजे खटमा हालेर ५ बजे बुङ्मती पु-याइएको थियो । यही ५ गतेदेखि सङ्घका पुजारीले दुई-दुई हप्ता पालोका दरमा लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्न थालिसकेका छन् ।

यही जेठ १ गते वृष्टिदेवको रथ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरी सुस्तरी लगभग डेढ सय मिटर पर तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो । यसैगरी वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराउनाका साथै चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान पनि गराइएको थियो ।

गत मङ्सिरमा वृष्टिदेवलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याएर राखिएको हो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई हिन्दूका साथै बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तावलोकेश्वर करुणामयको स्थान निकै उच्च छ ।

यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ५३ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा