१५ बैशाख २०८१, शनिबार | April 27, 2024

संसद विघटन विरुद्ध कांग्रेसले कानूनी र राजनीतिक लडाईं लड्ने



काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्र बैठकले राष्ट्रपतिले फेरि एकपटक अलोकतान्त्रिक र असंवैधानिक कार्य गरेको ठहर गर्दै त्यस विरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय गरेको हो ।

कांग्रेसले मध्यरातमा राष्ट्रपतिले षड्यन्त्रपूर्वक संसद विघटन गरेको निस्कर्ष निकाल्दै त्यस विरुद्ध लाग्न नागरिक समाजलाई समेत आह्वानसमेत गरेको छ ।

बैठकले लोकतन्त्र गम्भीर खतरामा पुगेको निस्कर्ष पनि निकालेको छ । त्यस विरुद्ध अन्य दलहरुसँग पनि सहकार्य गर्दै बढ्ने कांग्रेसले निर्णय गरेको छ बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । ‘अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानुनी लडाइँ लड्छौं’, महतले भने ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १२ : २८ बजे

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन