२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

देशलाई संकटमा धकेल्ने प्रधानमन्त्री र राष्ट्रपतिको षड्यन्त्र विरुद्ध प्रतिवाद गरिनेछ : प्रचण्ड



काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव गर्नका लागि संसद विघटन नगरिएको बताएका छन् ।

विपक्षी पाँच दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले षड्यन्त्रपूर्वक देशलाई संकटमा धकेल्न चुनावको घोषणा गरिएको बताए ।

प्रचण्डले यो संसदलाई नरुचाएका शक्तिहरुले विघटन गरेको जिकिर गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताए । प्रचण्डले आफूहरु संसद विघटनविरुद्ध अदालत जाने स्पष्ट पारे । सरकार बन्न सक्ने सम्भावना जिवित रहेकै अवस्थामा मध्यरातमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको कुरा बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर कानुनी रुपमा प्रमाणित गर्ने प्रचण्डले बताए ।

अदालतले पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने पनि उनले विश्वास व्यक्त गरे । मध्यरातमा अपारदर्शी ढंगले गरिएको संसद विघटन विरुद्ध जनता उभिने प्रचण्डले दाबी गरे ।

कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई जसरी दुर्घटनातिर लगेको प्रचण्डले आरोप लगाए । हामी यसको कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्छौं, ‘प्रचण्डले भने, जसरी हिजो सडकमा र कानुनी रुपमा संसद विघटनलाई प्रतिगमन भनेर राम्रै प्रतिवाद गरियो, यो कदमको पनि प्रतिवाद गरिनेछ ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  २ : ५६ बजे

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त