१८ असार २०८३, बिहिबार | July 2, 2026

देशलाई संकटमा धकेल्ने प्रधानमन्त्री र राष्ट्रपतिको षड्यन्त्र विरुद्ध प्रतिवाद गरिनेछ : प्रचण्ड



काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव गर्नका लागि संसद विघटन नगरिएको बताएका छन् ।

विपक्षी पाँच दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले षड्यन्त्रपूर्वक देशलाई संकटमा धकेल्न चुनावको घोषणा गरिएको बताए ।

प्रचण्डले यो संसदलाई नरुचाएका शक्तिहरुले विघटन गरेको जिकिर गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताए । प्रचण्डले आफूहरु संसद विघटनविरुद्ध अदालत जाने स्पष्ट पारे । सरकार बन्न सक्ने सम्भावना जिवित रहेकै अवस्थामा मध्यरातमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको कुरा बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर कानुनी रुपमा प्रमाणित गर्ने प्रचण्डले बताए ।

अदालतले पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने पनि उनले विश्वास व्यक्त गरे । मध्यरातमा अपारदर्शी ढंगले गरिएको संसद विघटन विरुद्ध जनता उभिने प्रचण्डले दाबी गरे ।

कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई जसरी दुर्घटनातिर लगेको प्रचण्डले आरोप लगाए । हामी यसको कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्छौं, ‘प्रचण्डले भने, जसरी हिजो सडकमा र कानुनी रुपमा संसद विघटनलाई प्रतिगमन भनेर राम्रै प्रतिवाद गरियो, यो कदमको पनि प्रतिवाद गरिनेछ ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  २ : ५६ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता