१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपा विवाद : यादव समूहले महतोलाई संसदीय दलको नेता नमान्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको हो । शुक्रबार अर्का अध्यक्ष महन्थ ठाकुर सहितका सांसदको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

त्यो निर्णय एकलौटी ढंगले भएको जनाउँदै केन्द्रीय कार्यकारिणी समितिको बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो । संसदीय दलको विधान नभएको र पार्टीको निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादव पक्षको भनाइ छ ।

यससँगै पार्टीको विधान उल्लंघन गर्ने नेताहरूलाई कारबाही समेत गर्ने कार्यकारिणी समितिको बैठकले निर्णय गरेको जनाएको छ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध विपक्षी दलसँग सहकार्य गर्ने पनि निर्णइ भएको अध्यक्ष यादवले बताए ।

अध्यक्ष ठाकुरको अनुपस्थितिमै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो । यसअघि शुक्रबार ठाकुरले विज्ञप्ति जारी गरि बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ७ : १५ बजे

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,