६ पुस २०८२, आइतबार | December 21, 2025

जसपा विवाद : यादव समूहले महतोलाई संसदीय दलको नेता नमान्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको हो । शुक्रबार अर्का अध्यक्ष महन्थ ठाकुर सहितका सांसदको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

त्यो निर्णय एकलौटी ढंगले भएको जनाउँदै केन्द्रीय कार्यकारिणी समितिको बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो । संसदीय दलको विधान नभएको र पार्टीको निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादव पक्षको भनाइ छ ।

यससँगै पार्टीको विधान उल्लंघन गर्ने नेताहरूलाई कारबाही समेत गर्ने कार्यकारिणी समितिको बैठकले निर्णय गरेको जनाएको छ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध विपक्षी दलसँग सहकार्य गर्ने पनि निर्णइ भएको अध्यक्ष यादवले बताए ।

अध्यक्ष ठाकुरको अनुपस्थितिमै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो । यसअघि शुक्रबार ठाकुरले विज्ञप्ति जारी गरि बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ७ : १५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा