६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर टाँस्ने विद्यार्थी नेता पक्राउ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर टाँस्ने एक विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको पोस्टर टाँसी त्यसमाथी गोबर पोतेको अभियोगमा प्रहरीले त्रिपाठीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विद्यार्थी नेतालाई रिहा गर्न नेवि संघले माग गरेको छ । नेविसंघले कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकट निम्त्याएकोले त्यस विरुद्ध सडकमा आउन बाध्य भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीको योजनामा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै शनिबारदेखि नेवि संघले सडकमा प्रदर्शन सुरु गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाकै बीचमा नेवि संघले हिजो देशका विभिन्न भागमा स सानो समुहमा मसाल जुलुस निकालेको थियो ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ११ : ४६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा