२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विश्व भर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या उच्च



एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै दुई लाख ४५ हजार ३३ जना सङ्क्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ ।

कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै पुगेको छ । चीनमा तीन हजार दुई सय ४५ जनाको ज्यान गएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन् ।

इटलीमा पछिल्लो २४ घण्टामा चार सय २७ जनाले ज्यान गुमाएका छन भने पाँच हजार तीन सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ४१ हजार ३५ जना सङ्क्रमित भएको इटलीमा चार हजार चार सय ४० जना उपचारपछि निको भएका छन् ।

इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : १० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती