१६ बैशाख २०८१, आइतबार | April 28, 2024

शव व्यवस्थापनका लागि झापामा स्काउटरलाई प्रशिक्षित गरिँदै



दमक । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो ।

नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताए ।

उनले सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएको बताए । उनका अनुसार बुधबारसम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ स्काउटर सहभागी छन् ।

तालिमको पहिलो दिन श्री नयाँ श्रीनाथ गणका गणपति श्री अमरजङ्ग थापाले सिसिएमसी, डिसिएमसी, स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाको भूमिकाबारे प्रस्ट पारेका थिए ।

नेपाली सेनाका तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डा समीर पुडासैनीले कोरोनाका बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पारेका थिए । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : ४३ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई