१ पुस २०८२, मंगलबार | December 17, 2025

कोरोना बिरुद्ध बुटवल यातायातको सचेतना अभियान शुरु



बुटवल । बुटवलमा प्रधान कार्यालय रहेको बुटवल यातायात प्रा.लि.ले कोरोना भाईरस बिरुद्धे सचेतना अभियान सञ्चालन गरेको छ । उक्त अभियान शुक्रबारदेखि सुरु भएको हो ।

कोरोनाको संक्रमणबाट आफू पनि बचौं र यात्रुलाई पनि बचाऔं भन्ने उद्देश्यले समिति मातहत सञ्चालन हुने गाडीको चालक तथा सहचालकहरुले अनिवार्य मास्क प्रयोग गर्ने, गाडी सञ्चालन गर्नु अंगाडी नै गाडीमा डिसईन्फेक्सन स्प्रे गरेर रुटमा प्रवेश गराउने तथा यात्रुहरुलाई समेत सचेत हुन आह्वान गर्ने गरी अभियान सुरु गरिएको बुटवल यातायात प्रा.लि.का अध्यक्ष रबिन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।

उक्त अभियान अन्तरगत विश्वमा महामारीको रुपमा फैलिएको कोरोना हुन नदिनकालागि उक्त प्रा.लि. मार्फत सञ्चालन हुने गाडीमा डिसईन्फेक्सन स्प्रे गरेर मात्रै सञ्चालन गरिने छ । एक पटक स्प्रे गरेपछि त्यसले २४ घण्टासम्म काम गर्ने र प्रत्येक दिन स्प्रे गरेर गाडी सञ्चालनको व्यबस्था मिलाईएको प्रा.लि.का सचिव तथा अभियानका संयोजक दिपक श्रेष्ठले बताउनुभयो ।

त्यस्तैगरी प्रा.लि.ले मास्क उपलब्ध गराईएको र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सबै गाडीका चालक तथा सहचालकलाई उहाँले आग्रह गर्नुभयो । बुटवल यातायात प्रा.लि. अन्तरगत अहिले करिव ३५० गाडी सञ्चालनमा रहेका छन् । पछिल्लो समय उक्त प्रालिले भैरहवा काठमाण्डौकालागि ५ वटा एसी बस समेत सञ्चालन सुरु गरेको छ ।

आफूहरुको प्रा.लि. मार्फत सञ्चालित गाडीमा यात्रा गर्दा यात्रुहरुलाई पनि सुरक्षित महशुस गराउनकालागि अभियान चलाईएको र ढुक्क भएर यात्रा गर्न समेत प्रा.लिका निवर्तमान अध्यक्ष डिलबहादुर थापाले आग्रह गर्नुभयो ।

उक्त प्रा.लि.ले यात्रुलाई समेत कोरोना भाईरस संक्रमणबाट बँच्न सचेत हुन आग्रह सिट क्षमता भन्दा बढी यात्रु नबोक्न चालक सहचालकलाई आग्रह गरेको छ भने सिट नहुँदा झुण्डीएर यात्रा नगर्न समेत यात्रुलाई अपिल गरिएको छ ।

त्यस्तै स्वास्थ्यमा समस्या छ भने समयमै चेकजाँच गराउन र आफूलाई कोरोना भएको आशंका लागेको छ भने सार्वजनिक यातायातको माध्यम प्रयोग नगर्न पनि अपिल गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ४४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष