४ पुस २०८२, शुक्रबार | December 19, 2025

यस्तो छ सर्वोच्च अदालतमा १४६ सांसदले दिएको रिट निवेदन (रिट निवेदनको पूर्णपाठ सहित)



काठमाडौं । विघटित प्रतिनिधिसभाका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगी शुक्रबार मध्यरातमा भएको विघटनविरुद्ध रिट निवेदन दर्ता गराएका छन् । १४६ जना सांसदहरुको हस्ताक्षर सहित अदालत पुगेका सांसदहरुले सबैले आ आफ्नो हस्ताक्षरको सनाखत पनि गरेका छन् ।

अदालतका कर्मचारीले सांसदहरुलाई लाइन लगाएर रिट निवेदनमा भएको हस्ताक्षरको सनाखत गराएका थिए । रिट निवेदकाको तर्फबाट १३९ सांसद आफैं उपस्थित भएका थिए भने ७ जनाले अधिकृत वारेसमार्फत रिटमा हस्ताक्षर गराएको सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल समूहका २३, जनता समाजवादी पार्टीको बाबुराम–उपेन्द्र समूहका १२ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट निवेदनमा हस्ताक्षर गरेका छन् ।

२४ बुँदामा रहेको रिट निवेदनमा संसद विघटन बदर गर्न, देउवालाई प्रधानमन्त्री नियुक्त, काजचलाउ सरकारलाई दिर्घकालिन महत्वको काम गर्न नदिन, दल त्यागको नियम लगाएर रिट निवेदक सांसदलाई कारवाही नगर्न जस्ता अन्तरिम आदेश माग गरिएको छ ।

रिट निवेदनमा मुख्यरुपमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न, निर्वाचनको तयारी रोक्न, बजेट रोक्न र संसद बैठक बोलाउन अन्तरिम आदेश माग गरिएको छ ।

रिट निवेदनको पूर्णपाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/05/संसद-बिघटन-भाग-२-2_watermarked.pdf” title=”संसद बिघटन भाग २ (2)_watermarked”]

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : ०७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज