३० असार २०८३, मंगलबार | July 14, 2026

यस्तो छ सर्वोच्च अदालतमा १४६ सांसदले दिएको रिट निवेदन (रिट निवेदनको पूर्णपाठ सहित)



काठमाडौं । विघटित प्रतिनिधिसभाका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगी शुक्रबार मध्यरातमा भएको विघटनविरुद्ध रिट निवेदन दर्ता गराएका छन् । १४६ जना सांसदहरुको हस्ताक्षर सहित अदालत पुगेका सांसदहरुले सबैले आ आफ्नो हस्ताक्षरको सनाखत पनि गरेका छन् ।

अदालतका कर्मचारीले सांसदहरुलाई लाइन लगाएर रिट निवेदनमा भएको हस्ताक्षरको सनाखत गराएका थिए । रिट निवेदकाको तर्फबाट १३९ सांसद आफैं उपस्थित भएका थिए भने ७ जनाले अधिकृत वारेसमार्फत रिटमा हस्ताक्षर गराएको सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल समूहका २३, जनता समाजवादी पार्टीको बाबुराम–उपेन्द्र समूहका १२ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट निवेदनमा हस्ताक्षर गरेका छन् ।

२४ बुँदामा रहेको रिट निवेदनमा संसद विघटन बदर गर्न, देउवालाई प्रधानमन्त्री नियुक्त, काजचलाउ सरकारलाई दिर्घकालिन महत्वको काम गर्न नदिन, दल त्यागको नियम लगाएर रिट निवेदक सांसदलाई कारवाही नगर्न जस्ता अन्तरिम आदेश माग गरिएको छ ।

रिट निवेदनमा मुख्यरुपमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न, निर्वाचनको तयारी रोक्न, बजेट रोक्न र संसद बैठक बोलाउन अन्तरिम आदेश माग गरिएको छ ।

रिट निवेदनको पूर्णपाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/05/संसद-बिघटन-भाग-२-2_watermarked.pdf” title=”संसद बिघटन भाग २ (2)_watermarked”]

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : ०७ बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा । समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति