१८ असार २०८३, बिहिबार | July 2, 2026

माधव नेपाल भन्छन् : कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी, लोकतान्त्रिक र जनप्रिय बनाईने छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट निष्कासनमा परेको नेपाल पक्षका नेताहरुले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । एमाले अध्यक्ष ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेपाल पक्षका नेताहरुले घुमाउरो पारामा नयाँ पार्टी खोल्ने संकेत गरेका हुन् ।

एमालेको नवौं महाधिवेशन यता वरिष्ठ नेता रहेका माधव नेपालले बिदेशीको इसारामा ओलीले कम्युनिष्ट पार्टीलाई क्षतविक्षत पारेको बताउँदै आफुहरुले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी धार बनाएर अगाडि बढाउने बताएका छन् । उनले अर्को कम्युनिष्ट पार्टी खोल्ने कुरालाई स्पष्टरुपमा नबताएपनि कम्युनिष्ट आन्दोलनलाई अझै क्रान्तिकारी ढंगले अगाडि बढाउने बताए ।

पार्टी भित्रको प्रगतिशिल र क्रान्तिकारी धारलाई ओलीले समाप्त पार्न खोजेको उल्लेख गर्दै ओलीले गरेको कारवाहीको कुनै औचित्य नभएको बताए । ‘ओलीले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ ।’ नेपालले भने, ‘मुलुकमा महामारी चलिरहेका वेला भ्रष्टाचार व्याप्त बनाएको छ त्यस्तो मान्छेले पार्टी, मुलुक र आन्दोलनका लागि काम गर्ने इमानदार नेता–कार्यकर्तालाई कारबाही गर्ने हास्यास्पद मात्रै हो । त्यसको कुनै अर्थ छैन ।’

नेता नेपालले आफुहरुको सोँच क्रान्तिकारी पार्टी निर्माण गर्ने र कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने भएको बताए । अव नयाँ ढंगले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक बनाउने, क्रान्तिकारी पनि बनाउने र जनताको प्रिय पार्टी बनाउने भन्ने विषयमा छलफल चलाईने नेता नेपालले बताए  ।

यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले भनेका छन् – ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’

यसअघि नेकपा एमालेको सोमबार बसेको स्थायी समितिको बैठकले झण्डै १२ वर्ष पार्टीको महासचिव(पार्टी प्रमुख) रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र त्यती नै समय पार्टी नेतृत्व गरेका झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

एमाले ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी समितिको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै नेपाल–खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ०० बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता