१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा जेठ १३ र १४ गते पेशी



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतमा जेठ १३ र १४ गते सुनुवाई हुनेभएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध ३० वटा रिट दर्ता भएका छन् । ती मध्ये १९ वटा रिट साधारण इजलासमा रहेका छन् । अन्तरिम आदेशसमेत माग गरिएका ती रिटमाथि जेठ १३ गते पेशी तोकिएको छ । यस्तै, ११ वटा रिट भने संवैधानिक इजलासमा सुनुवाई हुनेछन् ।

संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्र बस्ने गर्छन । शुत्रबार अर्थात १४ गते संवैधानिक इजलासका रिटमाथि सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध पाँच विपक्षी दलको तर्फबाट १४६ जना सांसदहरुले सामुहिक रुपमा संवैधानिक इजलासमा रिट दिएका छन् ।

शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिले नियुक्ति हुने आधार नरहेको भनी निर्णय गरेकी थिइन । त्यसलगत्तै जेठ ८ को मध्यरातमा मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : ०५ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता