६ पुस २०८२, आइतबार | December 21, 2025

प्रेस चौतारी रुपन्देहीद्वारा सञ्चारकर्मीहरुलाई खाद्य सामग्री वितरण



बुटवल । कोरोना महामारीको दोस्रो लहरसँगै जोखिम मोलेर काम गरिरहेका सक्रिय सञ्चारकर्मीहरुका लागि प्रेस चौतारी रुपन्देहीले आफ्ना सदस्यहरुलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको छ ।

मानवीय संकटका बीच आफ्नो कर्तव्य पूरा गर्दै समाचार संकलन तथा सम्पादनमा खटिएका प्रेस चौतारीका सदस्यहरुलाई विभिन्न संस्थासँगको सहकार्यमा खाद्य सामग्री वितरण गरिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा क्रियाशिल सदस्यहरुलाई २५ केजी चामल, नून, तेल, दाल, आँटा लगायतका सामग्री प्रदान गरिएको छ । राहत वितरणको पहिलो चरणमा ५५ बोरा चामलसहितका खाद्य सामग्री प्रदान गर्न लागिएको प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीले जानकारी दिए । ‘क्रियाशिल प्रेस चौतारीमा आवद्ध साथीहरुका घरदैलोमै पुगेर तथा केही साथीहरुलाई निश्चित ठाउँमा बोलाएर पनि राहत सामाग्री वितरणको काम भइरहेको छ ।’(अध्यक्ष गिरीले भने, आवश्यक अन्य सहयोगका लागि पनि प्रेस चौतारीले तयारी गरिरहेको छ ।

पार्टीका रुपन्देही प्रचार विभाग प्रमुख तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष मोहन चापागाईको नेतृत्वमा जिल्लाका विभिन्न ठाउँमा पुगेर सञ्चारकर्मीहरुलाई राहत सामग्री वितण गरिएको थियो । सो अवसरमा उनले सन्चारकर्मीहरुलाई सकेसम्म घरमै बसेर बैकल्पिक उपायको खोजि गरी फोन र इमेलका माध्यमबाट समाचार संकलन गर्न र फिल्डमै जान परे अत्यन्त सावधानीका साथ स्वास्थ्य सामग्रीहरुको प्रयोग गरेर मात्र जानका लागि आग्रह गरे ।

चौतारीले आम सर्वसाधारणलाई समेत कोभिड-१९ को बढ्दो जोखिमबाट बच्नका लागि संघीय सरकार र स्थानीय सरकारहरुले जारी गरेको निर्देशिका र निषेधाज्ञाको पालना गरेर सुरक्षित साथ घरमै बस्न आग्रह गरेको प्रेस चौतारीका केन्द्रीय सदस्य प्रदिप आचार्यले बताए । संकटका बेला जनतालाई भयावह र निरुत्साहित गर्नेभन्दा उत्साह र सकारात्मक सन्देश सहितका समाचार सामाग्री सम्प्रेषण गर्न आचार्यले आग्रह गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तनमान उपाध्यक्ष भरत केसी, केन्द्रीय सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका निवर्तमान उपाध्यक्ष दिनेश पाण्डे, पत्रकार दिपेश पछाई, स्वस्तिक श्रेष्ठ, दिनेश कुमार श्रेष्ठ, डि बि सुस्लिङ, बिकाश पराजुली लगायतको सक्रियतामा सञ्चारकर्मीहरुलाई राहत सामग्री वितरण गरिएको हो । प्रेस चौतारीले यसअघि जिल्लामा रहेका १५० बढी सदस्यहरुलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको थियो ।

मुलुक महामारीसँग लडिरहेका बेला जनतालाई सकारात्मक सन्देश र आत्मबल बढ्ने गरी सन्देश प्रवाह गर्न र सरकारका कमी कमजोरीहरुमाथि औला उठाने गरी सत्य र निश्पक्ष भएर सन्देश प्रभावह गर्न प्रेस चौतारीले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । निषेधाज्ञा तथा संक्रमणको अवधि थप लम्बिएको अवस्थामा आफ्ना सदस्यहरुलाई आवश्यकता अनुसार आर्थिक तथा अन्य सहयोग गर्नेगरी तयारी भइरहेको चौतारीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ९ : ०० बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र