५ पुस २०८२, शनिबार | December 20, 2025

जसपा विवाद : उपेन्द्र यादवको स्पष्टीकरणको जवाफमा महन्तले सोधे अर्को स्पष्टीकरण



काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको बहुमत जुटाएर अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर सहित ४ जनालाई स्पष्टीकरण सोध्नृ निर्णय गराएको पर्सिपल्ट महन्त ठाकुरले यादवलाई स्पष्टीकरण सोधेका छन् । मंगरबार अवेर यादवलाई ७ बुँदे प्रश्नहरु गर्दै ठाकुरले स्पष्टीकरण पठाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेको दाबी गरेका छन् ।

ठाकुरले सोधको स्पष्टीकरणमा पार्टी एकता भएबाटै समायोजनमा रुची नदेखाएको, आफुलाई जानकारी नदिई बैठक बसेको, पार्टी नीति विपरित केपी ओलीको विपक्षमा भोट हालेको, लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषय उल्लेख छन् ।

जेठ ८ र ९ गते दुबै अध्यक्षको सहमतीमा निर्धारण गरिएको केन्द्रीय कार्यकारिणी समितिको बैठक महन्थ पक्षले एकाएक जेठ ७ मा स्थगित भएको सूचना जारी गरेपनि उपेन्द्र पक्षले बहुमतको उपस्थिती सहित सञ्चालन गरेका थिए । सोही बैठकले ठाकुर सहित राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णसँग स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको थियो ।

ठाकुरले यादवलाई पठाएको स्पष्टीकरणमा पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ