१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपा विवाद : उपेन्द्र यादवको स्पष्टीकरणको जवाफमा महन्तले सोधे अर्को स्पष्टीकरण



काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको बहुमत जुटाएर अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर सहित ४ जनालाई स्पष्टीकरण सोध्नृ निर्णय गराएको पर्सिपल्ट महन्त ठाकुरले यादवलाई स्पष्टीकरण सोधेका छन् । मंगरबार अवेर यादवलाई ७ बुँदे प्रश्नहरु गर्दै ठाकुरले स्पष्टीकरण पठाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेको दाबी गरेका छन् ।

ठाकुरले सोधको स्पष्टीकरणमा पार्टी एकता भएबाटै समायोजनमा रुची नदेखाएको, आफुलाई जानकारी नदिई बैठक बसेको, पार्टी नीति विपरित केपी ओलीको विपक्षमा भोट हालेको, लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषय उल्लेख छन् ।

जेठ ८ र ९ गते दुबै अध्यक्षको सहमतीमा निर्धारण गरिएको केन्द्रीय कार्यकारिणी समितिको बैठक महन्थ पक्षले एकाएक जेठ ७ मा स्थगित भएको सूचना जारी गरेपनि उपेन्द्र पक्षले बहुमतको उपस्थिती सहित सञ्चालन गरेका थिए । सोही बैठकले ठाकुर सहित राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णसँग स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको थियो ।

ठाकुरले यादवलाई पठाएको स्पष्टीकरणमा पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ८ : ११ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता