२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेपाललाई थप १० लाख डोज खोप उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग गर्नेभएको छ । चीनिया राष्ट्रपति सी चिङफिङले बुधबार बेइजिङमा नेपाललाई १० लाख डोज कोरोना खोप अनुदान सहयाता दिने घोषणा गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजैमात्र चिनियाँ समकक्षी सी सँग पौने घण्टा टेलिफोनमा कुरा गर्दै खोप सहयाताका लागि आग्रह गरेकी थिइन ।
त्यसलगत्तै बेइजिङमा राष्ट्रपति सीले १० लाख खोप दिने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत होय यान्छीले जानकारी गराएकी छिन् ।

चीनले नेपाललाई यसअघि ८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । अहिले पनि चिनियाँ खोपको दोस्रो डोज लगाउने काम भैरहेको छ ।

नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चीन सरकारले २० हजार थान अक्सिजन सिलिण्डरसहित कैयौं सहयोग गरेको छ । यस्तै, सिचवान प्रादेशिक सरकार र तिब्बत स्वायत्त प्रदेश सरकारले पनि नेपाललाई स्वास्थ्य सामग्रीहरु सहायता गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ५८ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन