८ माघ २०८२, बिहिबार | January 22, 2026

भारतमा डिसेम्बरसम्म ६० करोड मानिसले कोरोनाविरुद्धको पूर्ण खोप लगाउने



काठमाडौं । आगामी डिसेम्बरसम्म ६० करोड भारतीयलाई कोरोना विरुद्धको खोपको दुवै डोज लगाइसकिने दावी गरिएको छ ।

मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने दावीसमेत गरेका छन् । ‘भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ,’ उनको भनाइ छ, ‘खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।’

वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने ‘हब’को संज्ञासमेत दिएका छन् ।

सामान्यतया हरेक व्यक्तिले छ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने पनि उनले बताए ।

झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा त्रेहानको विश्वास छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कुल २० करोड डोज खोप लगाइएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार देशभर अहिलेसम्म २२ करोड १७ लाख नमुना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ७ : ०९ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो