५ पुस २०८२, शनिबार | December 21, 2025

एमाले नेता गोकर्ण विष्टले गरे २०७५ जेठ २ को अवस्थामा एमाले ब्युँतने अपेक्षा



काठमाडौं । नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिले पनि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन सकिने अपेक्षा गरेका छन् । उनले आज सामाजिक सञ्जालमा विचार पोष्ट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउने प्रयास जारी रहेको बताएका छन् ।

नेता विष्टले एमालेको एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयास जारी राख्ने उल्लेख गर्दै राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने बताएका छन् ।

एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता द्वय माधव नेपाल, झलनाथ खनाल सहित ११ जनालाई निस्काशन र १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएकोमा विष्टमाथि भने कुनै कारवाहीको कदम चालिएको छैन । प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवालाई समर्थन गर्ने सवालमा विष्टले नेपाल पक्षमा फरकमत राखेका थिए भने सर्वोच्चमा दर्ता गरिएको रिट निवेदनमा पनि विष्टले हस्ताक्षर गरेका छैनन् । यद्देपी उनले नेपाल पक्षका १५ स्थायी समिति सदस्यहरुले बुधबार प्रकाशित गरेको प्रेस वक्तब्यमा भने हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १० : १९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ