१६ बैशाख २०८१, आइतबार | April 28, 2024

आवश्यक परे जनताले दिएको असाधारण अधिकार प्रयोग गर्छु : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनताले प्रतिनिधिसभालाई सार्वभौम अधिकार दिएको स्पष्ट पारेका छन् ।

कानून व्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले आवश्यक पर्यो भने जनताले दिएको अधिकारलाई आफुले प्रयोग गर्ने बताएका छन् ।

सभामुख सापकोटाले असाधारण परिस्थिति आइलागे आफुबाट त्यस्तो अधिकार प्रयोग गरिनुपर्ने धारणा राखेका हुन् । देश र जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई छैन,’ सापकोटाले भने आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ ।’

सापकोटाले संविधान र प्रतिनिधि सभाको नियमावली अनुसार आफु चल्ने स्पष्ट पारे । सापकोटाले राजनीतिक पार्टीहरुमा जनताको शक्ति अभिव्यक्त हुने भएकाले आफुले राजनीतिक पार्टीहरुसँग पनि छलफल गर्ने बताए । सापकोटाले जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई नभएको बताउँदै आफू पनि सोहीअनुसार चल्ने बताए ।

आफुहरु प्रतिनिधिसभा सञ्चालनमा दत्तचित्त भएर लाग्दा लाग्दै पनि देश अध्यादेशबाट चलाउन खोजिएको भन्दै सापकोटाले असन्तुष्टि व्यक्त गरे । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरिएको र प्रतिनिधि सभाको अधिकार हनन गरिएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : १५ बजे

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको